शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल

बिहीबार, १६ असार २०७९, १२ : २९
बिहीबार, १६ असार २०७९

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिरहनुपर्ने बताएका छन् ।  

६४ औं संसद दिवसका अवसरमा पुर्व सांसद मञ्च नेपालले बिहीबार नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै दलका नेताहरूलाई झ्वाँक चलेको आधारमा संसद विघटन हुने गरेको बताए । उनले जनताको आवाज उठाउनु पर्ने थलोको रूपमा रहेको संसद राजनीति दलले नै अवरुद्ध गरेर जनताका आवाज कमजोर बनाउने गरेको बताए । उनले संसदप्रति राजनीतिक दल तथा नेता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए । 

उनले संसारका धेरै संसद भन्दा नेपालको संसद प्रगतिशील हुँदै गएको बताए । नेपालको संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेकोले अन्य देशको संसद भन्दा नेपालको संसद परिपक्व बन्दै गरेको बताए । 

नेता खनालले दुई तिहाईको नेकपाको सरकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछो माछो भ्यागुतो भएको बताए । 

उनले सुखी नेपाली समृद्ध  नेपाल भनेको के हो, वैज्ञानिक समाजवाद भनेको के हो ? त्यसबारेमा कुरा गर्नेहरूलाई बोलाएर बहस गराउन  पुर्व सांसद मञ्चलाई बहस गराउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप