यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
बिहीबार, १६ असार २०७९, १८ : २४
प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ६४ औं संसद दिवसको अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंको बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संसद लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गरे ।
उनले पूर्व सांसद मञ्चले दलीय राजनीतिभन्दा माथि उठेर सरकारलाई सहयोग गर्दै आएको बताए । प्रधानमन्त्री देउवाले जल्दाबल्दा राष्ट्रिय मुद्दामा अनुभवी सांसदहरूले बेला बेला बहस छलफल गर्नुपर्नेमा जोड दिए । नेपाललाई समृद्ध बनाउन सबै पक्षको भूमिका रहने बताउँदै संघीय संसद,संसदीय समितिले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण