नेपालबाट १ करोड ३२ लाखको ‘कपाल’ निर्यात
म्यानमारले लैजान्छ खेर जाने कपाल
चालू आर्थिक वर्ष २०७८÷७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन–जेठ अवधिमा नेपालबाट १ करोड ३२ लाख रुपैयाँको मानव कपाल निर्यात भएको हो ।
सैलुनमा गएर काटेको कपाल सञ्चालकले जम्मा गरेर बेच्ने गरेका छन् । जुन कपाल निर्यातकर्ताले विभिन्न मुलुकमा निर्यात गर्छन् । यस अवधिमा नेपालबाट ११ हजार ८७० किलोग्राम कपाल निर्यात भएको तथ्यांकले देखाउँछ ।
नेपालबाट बंगलादेश, दक्षिण कोरिया र बंगलादेशमा यस प्रकारका कपाल निर्यात हुने गरेको छ । यी तीन मुलुकमध्ये म्यानमा ८५ लाख २१ हजार रुपैयाँको कपाल निर्यात भएको छ भने बंगलादेशमा ४६ लाख २५ हजार रुपैयाँको कपाल निर्यात भएको छ । यसैगरी, कोरियामा ८९ हजार रुपैयाँको कपाल निर्यात भएको छ ।
यसैगरी, यस अवधिमा नेपालबाट २८ लाख रुपैयाँ बराबरको ब्रस निर्यात भएको छ । मानव र जनावरको कपालबाट बनाइएको उक्त ब्रस विदेशी मुलुकमा निर्यात भइरहेको विभगाको तथ्यांकले देखाएको छ । जनावरको रौंबाट बनेका यस प्रकारका ब्रस भारत जाने गरेको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य