कैलालीको धनगढी बजार डुबानमा
बिहीबार, १६ असार २०७९, १२ : ०१
कैलालीको धनगढी बजार डुबानमा परेको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका ३ को मिलनचोक, विद्युत प्राधिकरण कार्यालय र पछाडि रहेका घरहरु डुबानमा परेका हुन् । विद्युत कार्यालय जलमग्न भएपछि महसुल बुझाउन जाने सेवाग्राहीहरु समस्यामा परेका छन् ।
उपमहानगर वडा नम्बर ३ मा नाली निकासमा समस्या भएपछि बजार डुबानमा परेको स्थानीयवासीहरुको भनाई छ । यसअघि स्थानीयवासीले उपमहानगरपालिका वडा नम्बर २ तर्फबाट पानी निकासको माग गर्दै आएपनि कुरा नमिलेपछि समस्या आएको उनीहरुको भनाई छ । पानी निकासका लागि तीन करोड लगानी गरेर बनाइएको अस्थायी नालाबाट पनि पानी निकास नभएपछि समस्या आएको उनीहरुको गुनासो छ ।
बजार क्षेत्र डुबानमा परिरहेका बेला नगर प्रमुख भने काठमाडौमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजनेस अनलाइन सर्भिसलाई कर्णालीको स्टार्टअपको मान्यता
-
व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर
-
विराटनगरमा निर्माण सामाग्री बोकेको गाडीमा आगजनी, ५० लाख बढीको क्षति
-
नेपाली फिल्मका १० निर्देशक : कसले कुन फिल्म निर्देशन गर्दैछन् ?
-
काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस
-
वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरणमा दूतावासको बदमासी