बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बिहीबार, १६ असार २०७९, १० : ३९
बिहीबार, १६ असार २०७९

काठमाडौंको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो । 

बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी सडकमा ठोकिएका थिए । 

दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप