‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक
बिहीबार, १६ असार २०७९, १० : ०५
एनआईसी एशिया बैंकले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने नवीनतम योजना सार्वजनिक गरेको छ । ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ नाम दिइएको योजना व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने पनि बैंकले जनाएको छ ।
योजनाको विभिन्न अवयवहरुलाई निम्नानुसार तालिकामा देखाइएको छ -