शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

बिहीबार, १६ असार २०७९, ०९ : ०३
बिहीबार, १६ असार २०७९

स्याङ्जाको गल्याङ नगरपालिका-१० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १३ वर्षकी छोरी रेखा भट्टराईको मृत्यु भएको हो ।  घटना लगत्तै स्थानीयले उनलाई गल्याङ नगर अस्पतालमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो । 

आज बिहान ५ वजे भएको घटनामा रेखासँगै रहेका उनका १६ वर्षका दाजु लक्ष्मण भट्टराई घाइते भएका छन् । घटनामा गोठमा रहेका एक भैसी र दुईवटा बाख्रा पनि मरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप