बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब

बिहीबार, १६ असार २०७९, ०५ : ५८
बिहीबार, १६ असार २०७९

गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका  नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् । 

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरुको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटकाे तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ । 

माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप