
बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी

बुटवलमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्। बुटवल उपमहानगरपालिका १२ नयाँ गाउँमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी भएको प्रहरीले जनाएको छ। त्यसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
जंगलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, ८ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी परेका छन् । जंगली च्याउ खाएर बिरामी परेका उनीहरुलाई पौने ९ बजे आफन्तले अस्पताल पुर्याएका थिए ।
जंगली च्याउ खाएर बिरामी परेकाहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ