बागमती प्रदेशसभा : बजेट माथिको छलफल सकियो, बिहीबार पास गर्ने तयारी
बागमती प्रदेश सरकारको बजेट माथिको छलफल सकिएको छ । गत असार १२ गतेदेखि सुरु भएको प्रदेशसभाको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयकमाथि छलफल भएको थियो ।
प्रदेशसभाको आज बुधबारको बैठकमा सरकारको विनियोजन विद्येयक माथि सांसदहरुले उठाएको प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिएका थिए । आजको बैठकमा सांसदहरुले मन्त्रालयको विषयगत शीर्षकहरुमाथि उठाएको प्रश्नहरुको विभागीय मन्त्रीहरुसहित मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए ।
बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहित, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम पौडेल, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बसन्त मानन्धर, श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, वन तथा वातावरण मन्त्री विशाल खड्का, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाई, स्वास्थ्य मन्त्री निमा लामा, समाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भण्डेल, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै उनीहरुले समग्र प्रदेशको विकासका लागि आएका योजनाहरुमा बजेट प्रयाप्त नभएपनि सरकारले सक्दो प्रयास गर्ने गरेर आवश्यक योजनाहरुमा बजेट विनियोजन गरेको बताए । उनीहरुले योजना र गर्नुपर्ने काम बढी भएकोले आर्थिक वर्षको बीचमा पनि आवश्यकताको आधारमा योजना तथा बजेट थप गरेर काम गर्नुपर्ने बताए ।
विगतको तुलनामा राम्रो र प्रगतिशील बजेट आएको उनीहरुको भनाई छ । विगतका सरकारले ल्याएको जस्तो हचुवाको योजना र काम गर्न नसकिने महत्वाकांक्षी योजनाहरु सरकारले बजेटमा समावेश नगरेको उनीहरुले बताए ।
सरकारले लक्ष्यअनुसार योजनाहरु कार्यान्वयन गरेर बजेट खर्च गर्ने गरी बजेट विनियोजन गरेको र क्रमागत योजनाको लागि कार्यविधि नै तयार पारेर अघि बढाएको उनीहरुको भनाई छ । सरकारले आवश्यक मोडल तयार गरेर समाजवादी कार्यक्रम कार्यान्वयन गरिने र सो कार्यक्रमलाई जवाफदेही र नतिजा उन्मुख बनाउने लक्ष्य लिएको उनीहरुले बताए ।
प्रदेशसभाको अर्को बैठक बिहीबार (भोलि) बस्ने गरी आजको बैठक स्थगित गरिएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । बिहीबारको बैठकमा प्रदेश सरकारको बजेट पारित गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख