शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल

बुधबार, १५ असार २०७९, २२ : ०३
बुधबार, १५ असार २०७९

राजधानीबाहिर सरकारी अस्पतालमा पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यही असार ९ गते गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।

मिर्गौला ग्रहणकर्ता ५१ वर्षीय यम कुमारी पौडेल बुधबार अस्पतालबाट स्वास्थ लाभ भइ डिस्चार्ज भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निःशुल्क मिर्गौला प्रत्यारोपण शुरु गरिएको हो । मिर्गौला प्रत्यारोपणमा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.डुक बहादुर क्षेत्री, डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक प्रा.डा भरत बहादुर खत्रीको उपस्थित रहेको थियो ।

मिर्गौला प्रत्यारोपण राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा प्रत्यारोपण विज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप