शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एन्फा अध्यक्ष र कतारका राजदूतबीच भेट, फुटबल सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

बुधबार, १५ असार २०७९, २१ : १०
बुधबार, १५ असार २०७९

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग बुधबार उनकै निवास काठमाडौंमा भेट गरेका छन् ।  राजदूत अल हेलले नेम्बाङलाई एन्फाको नेतृत्वमा निर्वाचित भएकोमा बधाई पनि दिए । 

भेटका अवसरमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मालेकुले राजदूतसँग कतार र नेपाली फुटबलको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । दुवै पक्षले संयुक्त सहकार्य र सहकार्यबाट नेपालमा फुटबलको विकास गर्न सहमत भएका छन् । भेटमा थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारको​ पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप