बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चार्टर्ड एकाउन्टेन्ट संघको नयाँ नेतृत्व चयन, गभर्नर अधिकारीले गराए पद तथा गोपनीयताको सपथ

बुधबार, १५ असार २०७९, २० : ५६
बुधबार, १५ असार २०७९

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको हालै मात्र सम्पन्न निर्वाचनबाट अध्यक्षमा दीपक पाण्डे निर्वाचित भएका हन् ।

यस्तै, उपाध्यक्षमा सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल र कोषाध्यक्षमा वर्षा बराल  निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन् । बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका छन् ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चार्टर्ड एकाउन्टेन्टको संख्या बढ्दै जानु देशको लागि महत्त्वपूर्ण तथा अर्थपूर्ण कुरा भएको बताएका छन् । सो अवसरमा गभर्नर अधिकारीले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड अकाउन्टेन्टको सुझावले छुट्टै महत्त्व राख्ने समेत बताए । ‘हामी विभिन्न पक्षसँग सल्लाह सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउन्टेन्टका सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ । तपाईहरु कार्यक्रम बनाउनुहोस् हाम्रो साथ तपाईँहरूलाई सधै रहने छ’ उनले भने ।

कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा चार्टर्ड एकाउन्टेन्ट संघ सधै तयार रहने बताए । ‘चार्टर्ड एकउन्टेन्टहरु विभिन्न संघसंस्थाहरूको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहनुभएको छ । सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकउन्टेन्टको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्नेमा म विश्वस्त छु’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप