बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

योजनाहरुमा बजेट मात्र थुपार्ने काम हुँदैन : मन्त्री जम्मकट्टेल

बुधबार, १५ असार २०७९, २० : ५५
बुधबार, १५ असार २०७९

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारले योजनाहरुमा बजेट मात्र थुपार्ने काम नगर्ने बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्मकट्टेलले सरकारले बजेट थुपारेर राख्नुभन्दा काम हुने योजनामा मात्र बजेट विनियोजन गरिएको बताए ।

 उनले सरकारले लक्ष्य अनुसार योजनाहरु कार्यान्वयन गरेर बजेट खर्च गर्ने गरी बजृट विनियोजन गरेको प्रष्ट पारे । मन्त्री जम्मकट्टेलले काम गरेर खर्च गर्नका लागि आवश्यक योजनाहरु ल्याएर कार्यान्वयनमा जाने सरकारको तयारी गरेको बताए ।

सरकारले क्रमागत योजनाको लागि कार्यविधि नै तयार पारेर अघि बढाएको उनले बताए । सोही अनुसार क्रमागत योजना छनौट गरेर आवश्यकताको आधारमा बजेट विनियोजन गर्दै जाने तयारी उनको भनाई छ ।

मन्त्री जम्मकट्टेलले सरकारले अनुदानको मोडल परिवर्तन गरेर योजनाहरु ल्याएको बताए । सरकारले जनताप्रति लक्षित गरेर आवश्यक योजनाहरुसहित समाजवादी कार्यक्रम ल्याएको उनले बताए । आवश्यक मोडल तयार गरेर समाजवादी कार्यक्रम कार्यान्वयन गरिने र समाजवादी कार्यक्रम जवाफदेही र नतिजा उन्मुख हुने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप