आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीले मनायो धान दिवश

बुधबार, १५ असार २०७९, २० : ३३
बुधबार, १५ असार २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले धान दिवश मनाएको छ । क्रान्तिकारीले बुधबार काठमाडौंमा धान रोपेर धान दिवश मनाएको हो ।

काठमाडौंको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देश्यीय कृषी केन्द्रमा क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुनसहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको  नेता यादव ढुङ्गानाले बताए ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि औपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । माओवादी केन्द्र काठमाडौ निर्वाचन क्षेत्र ५ की इन्चार्ज कल्पना शर्माले संयोजन गरेको कार्यक्रमा एम.डि.एस कृषी केन्द्रका संचालकसहित  विद्यार्थी र शिक्षकहरुको समेत सहभागी रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप