आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

न्यु डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

बुधबार, १५ असार २०७९, १९ : ५०
बुधबार, १५ असार २०७९

बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । 

कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५-६, २५-६, २५-११ ले पराजित गर्‍याे । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो । 

लगातार दोस्रो पटक जित निकालेको पुलिसले ६ अंक जोडेको छ । यता, लगतार दोस्रो खेलमा पराजित भएको परोपकार अंक जोड्न सकेको छैन । यसअघि परोपकार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएको थियो । पुलिसले मंगलबार उद्घाटन खेलमा आयोजक न्यु डायमन्डमाथि सोझो सेटको जित निकालेको थियो । 

बुधबार नै हुने दोस्रो खेलमा न्यु डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्नेछन् । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैंया प्राप्त पाउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप