शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म ‘झिँगेदाउ’ को टिजर

बुधबार, १५ असार २०७९, १९ : ३२
बुधबार, १५ असार २०७९

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म  ‘झिँगेदाउ’ को टिजर सार्वजनिक भएको छ । ३० सेकेण्डको टिजरमा फिल्मको कथासार बुझाउन खोजिएको छ । टिजरमा झिँगा, सिक्का समेत देखाइएको छ ।

१७ भदौबाट रिलिज हुने फिल्म निर्देशक देउजा आफैले निर्माण गरेका हुन् । फिल्मको नाम झिँगेदाउ राख्नुको अर्थ बुझाउन फिल्मको टिजर ल्याइएको निर्देशक देउजाले बताए । फिल्म अहिले पोस्टप्रोडक्सनमा छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेर निर्माण भएको हो । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्मका सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् । 

केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको लगायतको फिल्ममा अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप