बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई समयमा मल उपलब्ध गराउन नेता पौडेल आग्रह

बुधबार, १५ असार २०७९, १८ : ४४
बुधबार, १५ असार २०७९

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले किसानलाई समयमा मल उपलब्ध गराउन आग्रह गरेका छन् । बुधबार राष्ट्रिय धान दिवसको अवसरमा कृषिमन्त्री महेन्द्र राय यादवलाई भेट्न सिंहदरबार गएका नेता पौडेलले किसानलाई समयमा मल उपलब्ध गराउन आग्रह गरेका हुन् ।

उनले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न मन्त्री यादवसमक्ष आग्रह गरे । किसानको मुख्य समस्या मल रहेकाले सरकारको  ध्यानाकर्षण गराउन सिंहदरबार गएको उनले बताए । उनले किसानले सहजै मलखाद नपाउनु दुःखद भएको बताए ।  

त्यस अवसरमा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप