सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ ढोका मात्रै खोलियो
निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ ।
प्रदेश १ मा विस्थापित पुनःस्थापित हुँदै
१ नम्बर प्रदेशमा बाढी र पहिरोका कारण विस्थापित हुनेको संख्या घटेको छ । वर्षाको कारण प्रदेश १ का विभिन्न जिल्लामा आएको बाढी, पहिरो, डुबान र कटानका कारण झण्डै २ हजार बढी परिवार विस्थापित भएका थिए । यद्यपि पानी कम पर्न थालेपछि विस्थापितहरु पुरानै ठाउँमा पुगेको प्रदेश १ प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार अब सुनसरीको १५ घरपरिवार विस्थापित भएका छन् । बाढी र पहिरोका कारण हालसम्म ५ वटा चौपाया मरेका छन् भने ४ वटा भौतिक संरचना पूर्ण रुपमा र २ वटामा आंक्षिक क्षति भएको छ । यस्तै बाढी र पहिरोका कारण प्रदेश १ को विभिन्न ७ स्थानमा सडक अवरुद्ध भएको छ ।
उदयपुरको चौदण्डीगढी १० खैराझोडा र ९ नम्बर वडाको ज्यामिरे खोलामा आएको बाढीको कारण तत्काल साना तथा ठूला सवारी साधन आवत जावत गर्न नसक्ने अवस्था भएको छ । यस्तै धनकुटा नगरपालिका ९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने भित्री कच्ची बाटो पहिरोले अवरुद्ध बनेको छ ।
सुनसरीको बराहक्षेत्र १ ब्रम्हानन्द खोलास्थित चतरा बराहक्षेत्र भित्री सडक खण्डमा पहिरो झरेर बाटो अवरुद्ध भएको छ । यस्तै सुनसरीको दुहबी १२ स्थित भित्री सडक खण्डको बाङ्गेस्थित गढी ३ टेङ्ग्रा खोलाका कारण बाटो अवरुद्ध बनेको छ । यस्तै मोरङको कानेपोखरी २ दलेलीमा गेउरिया खोलाका कारण बाटो अवरुद्ध भएको छ । खोटाङको दिक्तेल रुपाकोट र हलेसी तुवाचुङ तथा ओखलढुंगाको मानेभन्ज्याङमा पनि पहिरोका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
-
समृद्धि हासिल गर्न तीन तहको सरकारबिच सहकार्य आवश्यक : महामन्त्री शर्मा