बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एलओडी बन्यो नेपालकै नम्बर वान क्लब, विश्वकै ५२ औं सर्वोत्कृष्टमा समेटियो

बुधबार, १५ असार २०७९, १८ : २४
बुधबार, १५ असार २०७९

ठमेलमा रहेको क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स) नेपालकै नम्बर वान बनेको छ । यस्तै सो क्लब ‘डीजे म्याग टप १००’मा विश्वभरको ५२ औं स्थानमा पर्न सफल भएको हो ।

क्लबले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिँदै क्लब प्रेमीहरूलाई मनोरञ्जन गर्न तथा अन्तर्राष्ट्रिय कलाकारहरुको परिचय गराउने यो प्रारम्भिक कदम भएको जनाएको छ । एलओडीका संस्थापक रविन श्रेष्ठले भने, ‘हामी विश्वास गर्छौँ, जब क्लबिङ उद्योग आफैँ ठूलो र राम्रो हुन्छ तब हामी सबैलाई फाइदा हुन्छ । यो उपलब्धि एलओडीद्वारा हासिल भएपनि मनोरञ्जन उद्योगमा अन्य क्लब र व्यवसायीहरुको लागि सकारात्मक उपलब्धिको प्रतिनिधित्व गर्छ ।’

क्लब एलओडी २०१९ मा स्थापना भएको थियो भने पछिल्लो समय धेरैको रोजाई बन्न सफल भएको छ । सो क्लबमा भारतीय कांग्रेस आईका नेता राहुल गान्धी समेत पुगेका थिए । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहदेखि भीआईपीहरु पनि बेलाबेला पुग्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप