पेट्रोलियम पदार्थको निहुँमा बढ्यो महँगी, उद्योग मन्त्रालयले देशव्यापी अनुगमन गर्ने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा देशव्यापी बजार अनुगमन गरिने भएको छ । उद्योग मन्त्रालयले आफ्नो संरचना प्रयोग गरेर देशव्यापी रूपमा बजार महँगी र कालोबजारी सम्बन्धी अनुगमन गर्ने भएको हो ।
दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रीत रहेर अनुगमन गरिने भएको हो । यसका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा देशव्यापी रूपमा बजार अनुगमन गर्न लागेको मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
उनले आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएपछि बजार अनुगमनलाई तिव्र बनाइने बताएका हुन् । ‘यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निहुँमा बढेको खाद्यान्न, लत्ताकपडा लगायत अन्य वस्तुको मूल्य बढेको थियो,’ उनले भने, ‘अब पेट्रोलियम पदार्थको मूल्य घटेसँगै ती वस्तुको मूल्य समेत घट्नुपर्छ ।’
सोहीकारण, विभागको नेतृत्वमा, खाद्य विभाग, कृषि विभाग, उद्योग विभाग, गुणस्तर विभाग, नापतौल विभाग, सडक विभाग, यातायात विभाग लगायतका नियमनकारी निकायको संलग्नतामा देशव्यापीरूपमा अनुगमन सुरू गरिने बताइएको छ । यस्तै, मन्त्रालयले ७७ वटै जिल्लामा बजार अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको जनाएको छ ।
यसका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, सम्बन्धित सबै नियामक निकाय, सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेश सरकार अन्तर्गतका उपभोक्ता हक हित संरक्षण हेर्ने मन्त्रालय, निर्देशनालय, कार्यालयहरु र सबै स्थानीय सरकारले समन्वय गरी एकै समयमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउनको लागि सम्बन्धित मन्त्रालय मार्फत अनुरोध गर्ने तयारी सम्बन्धित निकायको छ ।
यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निरीक्षण अधिकृत तोक्न बाँकी रहेका स्थानीय तह तथा सबै प्रदेश सरकार अन्तर्गतका उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण हेर्ने निर्देशनालय र कार्यालयका अधिकृतस्तरका कर्मचारीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को नियम २१ र २२ बमोजिम बजार निरीक्षण अधिकृत तोक्ने लगायतका निर्णय भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि