
कर्णालीमा २८ प्रतिशत धान रोपाइँ सकियो

कर्णाली प्रदेशमा असार १५ गतेसम्म २८ प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन समयमा नै सक्रिय नहुँदा कर्णालीमा २८ प्रतिशत धान रोपाइँ सकिएको हो ।
कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ ।
कुल रोपाइँ हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (२८ प्रतिशत) धान रोपाइँ भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सुर्खेतमा जम्मा ५ प्रतिशत भएको छ ।
कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत, दैलेखमा १५ प्रतिशत, जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाई भएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ