एकीकृत प्रयासबाट मात्र विपद्को सामना सम्भव हुन्छ : गृहमन्त्री खाण
बुधबार, १५ असार २०७९, १७ : २८
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा खाणले प्राकृतिक प्रकोपबाट जनधनको रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले एकीकृत प्रयास गर्न आग्रह गरेका छन् ।
विपद्को जोखिम न्यूनिकरण गर्दै जनताको जीउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौति रहेको भन्दै गृहमन्त्री खाणले सो चुनौती चिरेर अघि बढ्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन् ।
भारी वर्षापछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणनीतिसहितको पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै खाणले भने–‘सड्क, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकाय तयारी अवस्थामा बस्नुपर्छ ।’
बैठकमा विपद् प्रतिकार्यमा संलग्न सरकारी निकायहरुले आफ्नो पूर्वतयारी बारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार