शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवादित राज्यमन्त्री विमलाको राजीनामा स्वीकृत

बुधबार, १५ असार २०७९, २० : ००
बुधबार, १५ असार २०७९

विवादमा आएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।  मुख्यमन्त्री कुल प्रसाद केसीले  स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिएका हुन् । 

 लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीबाट असार  १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको बताए । उनले राजीनामा दिएको विषय सञ्चारमाध्यममा आएपछि मात्रै मुख्यमन्त्रीले यसबारे औपचारिक जानकारी दिएका हुन् । 
 
जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो विवादपछि छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिले प्रतिवेदन बुझाउनुअघि नै उनले राजीनामा दिएकी हुन् । 

पति उत्तमकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप