मोहन्याल गाउँपालिकाको सम्पर्क कार्यालय घोडाघोडी नगरपालिकामा
कैलालीको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले घोडाघोडी नगरपालिकामा अस्थायी रुपमा सम्पर्क कार्यालय स्थापना गरेको छ । वर्षा शुरु भएसँगै गाउँपालिकाको कार्यालय जाने बाटो अवरुद्ध भएको र इन्टरनेट सेवा पनि नभएपछि नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाको काम प्रभावित हुन नदिन नगरपालिकामा अस्थायी रुपमा कार्यालय राखिएको गाउँपालिकाका उपाध्यक्ष खडक साउदले बताए । ‘गाउँपालिकाको सम्पर्क कार्यालय स्थापना गरिएको होइन । केही दिनलाई अस्थायी रुपमा नगरपालिकामा सारिएको छ’ उनले भने –‘वर्षात भएपछि गाउँपालिकाको कार्यालयमा इन्टरनेट सेवा पनि प्रभावित भएको छ र सडकहरू पनि अवरुद्ध भएका छन् ।’ उनले आर्थिक वर्षको मसान्तसम्म भएका विकास तथा अन्य कार्यक्रमहरुको भुक्तानी दिन अस्थायी रुपमा कार्यालय स्थापना गरिएको बताए ।
गाउँपालिकाको स्थायी कार्यालय रहेको सिम्डी जाने बाटो वर्षातका कारण अवरुद्ध भएको छ । गाउँपालिका उपाध्यक्ष साउदले भने –‘सबै काम गर्ने भनेर नगरपालिकामा कार्यालय राखिएको होइन । आर्थिक मसान्त सकिएलगत्तै नगरपालिकामा राखिएको कार्यालय बन्द हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने
-
४५.६९ अंकले नेप्से बढ्दा ५ अर्ब २५ करोडको कारोबार
-
पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने
-
प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र
-
सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै
-
राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित