एकैदिन थपिए ६२ जना कोरोना संक्रमित
बुधबार, १५ असार २०७९, २० : ००
पछिल्लो २४ घण्टामा थप ६२ जनाको कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २० जनामा गरिएको नमुना परीक्षणमध्ये ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ । यो अवधिमा १९ जना संक्रमणमुक्त समेत भएका छन् भने कसैको पनि मृत्यु भने भएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण