शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैतडीमा अटो र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते

बुधबार, १५ असार २०७९, १६ : २३
बुधबार, १५ असार २०७९

बैतडीको डिलाशैनी गाउँपालिका-६ को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् । सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकलल र सु.प.प्र.०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो । 

दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी -६ का मोटरसाइकल चालक ३५ वर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० वर्षीय मनोरथ नाथ रहेका छन् । यसैगरी, दार्चुलाको लेकम -१ सिजालीका ३२ वर्षीय मानसिंह कार्की र उनकै ३० वर्षीय श्रीमती भागरथी कार्की रहेका छन् । 

घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३ जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ । मोटरसाईकल गोकुलेश्वर बजार बाट पञ्ज्युनया तर्फ गइरहेको अटोलाई विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप