आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बोरिस जोनसनले भने - पुटिन महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन

बुधबार, १५ असार २०७९, १६ : १७
बुधबार, १५ असार २०७९

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् ।  

जोनसनले मंगलबार साँझ जर्मनीमा यस्तो बताएका हुन् । उनले भने,‘यदि पुटिन एउटी महिला भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’

युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्ने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप