शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान, कार्यक्रम निरन्तर

बुधबार, १५ असार २०७९, १५ : ५१
बुधबार, १५ असार २०७९

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ । असार १५ गते अर्थात आजदेखि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने भएको हो । यसअघि त्रिवि शिक्षण अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने जानकारी दिएको थियो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले अस्पताललाई पत्राचार गर्दै बीमा सम्बन्धी समस्यालाई सम्बोधन गर्न बीमा बोर्डले प्रक्रिया अगाडि बढाएको जानकारी दिएकाले बीमा कार्यक्रम सुचारु गरिएको बताए । बोर्डले बीमा रकम सोधभर्ना पठाउने भनेर पत्राचार गरेपछि सबै कार्य पूर्ववत् गरिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप