घरभित्रै ५० प्रतिशत महिला हिंसा
बुधबार, १५ असार २०७९, १५ : ३८
महिलामाथि हुने हिंसामा ५० प्रतिशत घरभित्रै हुने गरेको पाइएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले जेठ महिनामा २०० सय महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार एकसय जना (५० प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको पाइएको छ भने ५३ जना (२७ प्रतिशत) महिला तथा बालबालिकामाथि यौन हिंसा भएको छ ।
जसमध्ये २३ वटा (१२ प्रतिशत) बलात्कारको घटना भएका छन् । तथ्याङ्कमा एक नाबालिकको बलात्कारपछि हत्या भएको उल्लेख छ । त्यस्तै, २८ वटा (१४ प्रतिशत) सामाजिक हिंसा, २० वटा (९ प्रतिशत) यौन दुर्व्यवहार, ८ वटा (४ प्रतिशत) हत्या र २ वटा (१ प्रतिशत) मानव बेचविखनका घटना भएको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार