आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बेरुजुबारे सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक : अर्थमन्त्री

बुधबार, १५ असार २०७९, १५ : ३५
बुधबार, १५ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।  बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले लेखापरीक्षण गर्ने सरकारको विधि,पद्धतिमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए ।  अर्थमन्त्री शर्माले  लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखा परिक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए । 

उनले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट,हिनामिना,औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताए । 
उनले भने, बेरुजु सम्बन्धमा हामीले अहिलेसम्म अपनाएका विधि र पद्धति विषयमा आवश्यक समीक्षा गर्नुपर्ने महशुस गरेको छु । हाम्रो लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटि छ । किन एकपछि अर्को जटिल बन्दै गएको छ भन्ने कुराको फेरिपनि अध्ययन अनुसन्धान र निराकरणको आवश्यकता मैले महशुस गरेको छु । लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखा परीक्षकको महत्वपूर्ण भूमिका रहन्छ । एक विश्वसनीय संस्थाका रुपमा कार्य गर्न लेखापरीक्षक राष्ट्रसेवक कर्मचारीले आफ्नो स्वतन्त्रता मूल्य मान्यतालाई अनुशरण गरी काम गर्न आवश्यक तालिम तथा अभिवृद्धिमा सरकारले सहयोग गर्ने प्रतिवद्धता दिन चाहन्छु । लेखापरीक्षकले प्रचलित कानून अनुसार सुशासन कायम गर्न उल्लेखनीय कार्य गरेको छ । सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट,हिनामिना,औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु थप ध्यान दिनुपर्ने देखिन्छ । दिनप्रतिदिन अर्थतन्त्रको आकार पराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको छ । त्यस कारण अर्थतन्त्रको गहन अध्ययन ,विश्लेषण र मुल्याङ्कन गर्न जरुरी देखिएको छ ।’

अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गएपनि आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको बताए । उनले अर्थतन्त्रमा पछिल्लो समय किन आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मुल्याङ्कन गर्न जरुरी देखिएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप