
नेप्सेमा हरियाली, ४१ अंकले बढेको बजारमा १ अर्ब ४३ करोडको कारोबार

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४१ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४१.३९ अंकले बढ्दै नेप्से सूचक १९६२.७१ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.५५ अंकले बढेर ३७९.१५ अंकमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक भएर बजार नै हरियाली भएको छ । ४१ अंकमाथिले बढेको बजारमा आज १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ट्रेडिङ समूहको उपसूचक अधिकतम ६.५६ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ४.४३ प्रतिशतले, फाइनान्स समूह ४.१४ प्रतिशतले, हाइड्रोपावर समूह ३.९३ प्रतिशतले, अन्य समूह ३.५९ प्रतिशतले र होटल तथा पर्यटन समूह ३.४६ प्रतिशतले बढेको छ ।
यस्तै, माइक्रोफाइनान्स समूह र म्चुअल फन्ड समान २.७९ प्रतिशतले, म्यानु एण्ड प्रो २.७७ प्रतिशतले, निर्जीबन बीमा समूह २.५२ प्रतिशतले, इनभेष्टमेन्ट समूह २.४१ प्रतिशतले र जीन बीमा समूह १.३ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १.९१ प्रतिशतले गुमाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ