आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकाले मनायो धान दिवस

बुधबार, १५ असार २०७९, १५ : १८
बुधबार, १५ असार २०७९

जनकपुरधाम उपमहानगरपालिकाले कृषिलाई प्राथमिकता दिँदै पहिलो पटक धान दिवस मनाएको छ । बुधबार जनकपुरधामस्थित नोचा पोखरीमा उपमहानगरपालिकाले ‘अन्नबाली जनकपुरधामको रखवाली’ भन्ने मूल नाराका साथ धान दिवस मनाएको हो ।

सो कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै उपमहानगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।

उनले भने, ‘यहाँ प्रमुख समस्या रसायनिक मलको छ, त्यसमा नियन्त्रण सहितका सर्वाधिक नेपाल सरकारको रहेको छ, डिलरबाट किसानसम्म पुर्याउन उपमहानगरपालिकाले सहजता मात्र गर्न सक्छ । त्यसका लागि उपमहानगरले डिलरलाई चाँडोभन्दा चाँडो मलखाद उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।’

जनकपुरधाम उपमहानगरले आगामी आर्थिक वर्षदेखि यहाँका कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको मेयर साहले बताए ।

यसका साथै माटो परिक्षणको कार्यक्रम समेत अगाडि बढाउने उनले बताए ।  सो कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले उपमहानगरभित्र कृषि उत्पादकत्व बढाउन उपमहानगरले किसानलाई सहज हुने गरी विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप