‘नबिल ग्रीन विक’ नारासहित दिगो बैंकिङ वार्षिकी मनाउँदै नबिल बैंक
नबिल बैंकले नबिल ग्रीन विक नारासहित दिगो बैंकिङ वार्षिकोत्सव मनाउँदैछ । बैंकले गत २०७८ असार १५ गते शुरु गरेको नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताका साथ पहिलो वर्ष पुरा गरेको अवसरमा सो कार्यक्रमको वार्षिकी मनाउन लागेको हो ।
असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर बैंक नबिल ग्रीन विक नारा तय गर्दै यसपटकको वार्षिकी मनाउन लागेको हो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ बैंकले गत वर्ष २०७८ साल असार १५ गते धान दिवसकै दिन उक्त कार्यक्रमको शुभारम्भ गरेको थियो । कार्यक्रमको एक वर्ष पूरा हुँदैगर्दा नबिल बैंक मात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकको ठहर छ ।
आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्नेदेखि सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय अफलताहरू हात पारेको बैंकले जनाएको छ ।
बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नबिन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड रुपैयाँ कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६ हजार महिलाहरू रहेको बैंकले जनाएको छ ।
यसै गरी ‘नबिल दिगो बैंकिङ’का उद्देश्यहरू मध्ये वातावरण र सामाजिक सरोकार र सम्र्बधन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ । तसर्थ बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइनहरू अन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था गरेको छ ।
नबिल बैंकले सन् २०१८ देखिनै रू.१ करोड भन्दा बढी ऋण सुविधा लिने र कमर्शियल लीजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्स मध्ये कुनै पनि सुबिधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको बैंकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै