शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

परमिताले सुरु गरिन् अनलाइन व्यवसाय

बुधबार, १५ असार २०७९, १४ : ५६
बुधबार, १५ असार २०७९

बोल्ड अभिनेत्रीको छवि बनाएकी अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले व्यवसाय सुरु गरेकी छन् । उनले मंगलबारबाट अनलाइन ब्यवसाय सुरु गरेकी हुन्  । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएकी छन् । उनको अनलाइन व्यवसायको नाम ‘पाम्स् थ्रिफ्ट’ राखिएको छ । जसमा महिलाले लगाउने विभिन्न सामान उपलब्ध छन् । 

‘चपली हाइट २’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी परमिताले त्यसपछि ‘रोज’, ‘चंगा चेट’, ‘द कर्मा’ जस्ता फिल्म अभिनय गरिन् । तर कुनै पनि फिल्मबाट उनले सफलता हात पार्न सकिन् । त्यसैले उनको फिल्मी करियर सफल मान्न सकिन्न ।

नेपालमा छायाङ्कन गरेर फर्किएको बलिउड फिल्म ‘उचाई’ मा एक भारतीय अभिनेत्रीको डमी अभिनय गरेकी उनले केही अगाडि तेलुगू अभिनेता गोपीचन्दसँग एक फिल्म गर्न लागेको चर्चा थियो । तर उक्त चर्चा त्यतिकै सेलाएको छ । उनले केही गीत समेत गाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप