बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

बुधबार, १५ असार २०७९, १४ : ४८
बुधबार, १५ असार २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् । १९ औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताएका छन् ।

उनले अब यस्तो स्थितिलाई सुधार गर्नुपर्ने बताए । अहिले हामी आफैले गर्दै आएको लापरवाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उनले बताए । आफैलाई सुधार गरे उन्नत बीऊ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने बताए । 

नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप