बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बेँसीशहर-चामे सडक अवरुद्ध

बुधबार, १५ असार २०७९, १४ : ४१
बुधबार, १५ असार २०७९

लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ । बेंसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ ।

पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ  म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

डुम्रे–बेंसीशहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप