बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

५ वर्षमा काठमा आत्मनिर्भर हुने नीति अनुसार काम भइरहेको छः मन्त्री खड्का

बुधबार, १५ असार २०७९, १४ : ३७
बुधबार, १५ असार २०७९

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले सरकारले आगामी ५ वर्षको अवधिमा काठमा आत्मनिर्भर हुने नीति अनुसार काम गरेको बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले सात प्रदेशमध्ये बागमती प्रदेशले पहिलो पटक ढलेका काठ संकलन गरी प्रयोगमा ल्याउने नीति लिएको बताए ।

सरकारले पहिलो चरणमा ढलेका रुखहरूलाई व्यवस्थापन गरी काठमा आत्मनिर्भर हुने तयारी गरेको छ भने दोस्रो चरणमा खडा अवस्थामा सुकेका रुखहरूको व्यवस्थापन गर्ने नीति रहेको उनको भनाइ छ । आगामी १० वर्षमा काठ निर्यातको योजना अनुसार काम भइरहेको उनले बताए ।

उपयुक्त विधिबाट संकलित काठहरूलाई फर्निचर उद्योगहरुमा विक्री गरी राजस्व संकलन गर्ने सरकारको योजना रहेको उनले बताए । काठ तथा फर्निचर उद्योगहरुमा कार्यरत कर्मचारीहरुलाई तालिम प्रदान गरिने उनको भनाई छ ।

दिगो वन विकासको नीति अनुसार वन संरक्षण कार्य संचालन गर्ने, वन पाठशाला संचालनको योजना सरकारले ल्याएको उनले बताए । उनले वनलाई उत्पादन तथा कृषि, पर्यटनसँग जोडेर आत्मनिर्भर हुने सरकारको तयारी रहेको बताए ।

वनलाई आर्थिक उत्पादनसँग जोड्न फलफूलका विरुवाहरु रोप्ने र संरक्षणमा बागमती प्रदेशिक सरकार अघि बढेको र स्थानीय तहमा जलवायु सम्बन्धी पाठ्यक्रम तयारी गरि लागू गर्ने सरकारको योजना लिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप