एसिड पीडितले जागिर पाउने अवस्था छैन : विन्दा पाण्डे
नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलाको क्षमता भन्दा पनि रुप हेरेर जागिर दिने गरेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै उनले क्षमताभन्दा पनि रुप हेरेर जागिर दिने भएकाले एसिड पीडितले जागिर पाउने सम्भावना कम भएको बताएकी हुन् ।
उनले भनिन्,‘एसिडबाट जलेका वा जलाएकाहरु शारिरिक रुपमा केही परिवर्तन देखिन्छन् । तर उनीहरु मानसिक रुपमा अरु जत्तिकै सक्षम हुन्छन् तर रोजगार दिने सवालमा क्षमता हेरिँदैन ।’ एसिड पीडितलाई शिक्षा, स्वास्थ्य उपचार र रोजगार सुनिश्चित गर्नुपर्ने उनले बताइन् । एसिड पीडितको आर्थिक अभावमा तत्काल उपचार हुन नसकेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न ध्यानाकर्षण गराइन् ।
तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा पीडितले असन्तुष्टि जनाएका कुराहरु संशोधन हुनुपर्ने उनको माग छ । उनले भनिन्,‘पिडित पक्षले न्याय अनुभूति गर्ने हिसाबले कानुन निमार्ण हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख