शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा विपद्का ३२ घटना : चट्याङ लागेर ७ को मृत्यु (विवरणसहित)

बुधबार, १५ असार २०७९, १४ : १५
बुधबार, १५ असार २०७९

बितेको २४ घण्टामा विपद्का घटनामा ८ जनाको मृत्यु भएको छ । सो अवधिमा १९ जिल्लाका ३२ स्थानमा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रुपन्देही, नवलपरासी पश्चिम, बागलुङ, बाँके, पर्सा, धादिङ, कैलालीमा विपद्का घटनाबाट ८ जनाको मृत्यु भएको हो । यस्तै ३ जना घाइते भएको प्राधिकरणले जनाएको  ।

 रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ्ग लागेर मृत्यु भएको छ भने नवलपरासी पश्चिमको लक्ष्मीपुरमा ६० वर्षीया महिलाको मृत्यु भएको छ ।  यसैगरी बागलुङको काठेखोलामा २८ वर्षीय महिला, बाँकेको राप्ती सोनारीमा ७ वर्षीया बालक, पर्साको सखुवा प्रसौनीमा ३२ वर्षीय पुरुष, धादिङको त्रिपुरा सुन्दरीमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै सर्पदंशबाट धनगढीमा ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।  विपद्का घटना गत वैशख १ देखि असार १५ सम्ममा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस्तै ७० परिवार प्रभावित भएका छन् । सो अवधिमा झण्डै ४ करोड बराबरको क्षति भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप