शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खतरा लाग्ने बित्तिकै क्याटरपिलरले फेर्छ अनुहार, बन्छ सर्प !

बुधबार, १५ असार २०७९, १३ : ५८
बुधबार, १५ असार २०७९

प्रकृतिले केही जीवलाई आक्रामक बनाएको छ कतिलाई भने शान्त र सरल । तर जो आक्रामक थिएनन् उनीहरुलाई आक्रमणबाट बच्ने कला पनि दिएको छ । थुप्रै जनावर शिकार हुनबाट जोगिनका लागि आफूलाई आसपासको वातावरणमा ढाल्ने गर्छन् भने कोही यस्ता पनि हुन्छन् जसले खतरनाक जनावरको नक्कल पनि गर्छन् । यदि हेमरोप्लेन्स ट्रिप्टोलेमस (Hemeroplanes triptolemus) मथको (Moth) कुरा गर्ने हो भने यो ‘सर्प’ बन्ने गर्छ ।

यो मथको विशेषता के हो भने यसले आफ्नो क्याटरपिलर अवस्थामा आफूलाई कुनै खतराबाट जोगाउनका लागि एउटा ‘सर्प’ को भेषमा बदल्ने गर्छ । सर्पलाई देखेर कोही पनि नजिक जाँदैन बरु डराएर आफैँ पछि हट्ने गर्छन् । यद्यपि, नजिकबाट हेर्ने हो भने यो ‘सर्प’ निकै सानो देखिन्छ ।

हेमरोप्लेन्स मथ, स्फिङ्गिडे (Sphingidae) फेमिलीको हो जो दक्षिण अमेरिका, अफ्रिका र मध्य अमेरिकाको थुप्रै हिस्सामा पाइन्छ । सुन्दा अचम्म लाग्ला यो क्याटरपिलरको सर्पको टाउको जस्तो हिस्सा यसको अगाडिको भाग नभई पछाडिको भाग हो । क्याटरपिलरको मुख बिरुवाको डाँठमा टाँस्सिने गर्छ ।

यो क्याटरपिलर सर्पजस्तो देखिँदैन मात्र यसले व्यवहार पनि त्यस्तै देखाउँछ । यदि कोही यसको नजिक जान्छ भने यसले आफ्नो पछाडिको हिस्सा अगाडितर्फ अघि बढाउँछ र पछाडिको तल्लो हिस्सालाई माथि उठाउँछ । यो सर्पको मुखको आकारको देखिन्छ । जब क्याटरपिलर आराम गरिरहेको हुन्छ तबब यो डरलाग्दो हिस्सा उसको मुनी लुकेर बस्ने गर्छ । खतरा लाग्ने बित्तिकै क्याटरपिलरले पछाडिको हिस्सा फुलाएर हिराको आकारको टाउको बनाउने गर्छ । जब यो पूर्ण रुपमा फुल्छ, सर्पको आँखा जस्तो आकृति पनि देखिन्छ ।

थुप्रै जनावरको शरीरमा आँखाजस्ता धब्बा हुन्छन् । धेरैजसो जनावरमा यस्ता ‘आँखा’ का आकृति हुने भएकोले शिकारीले यिनीहरुमाथि हमला गर्न डराउने गर्छन् भनिन्छ । यो ‘आइस्पट’ ले जनावरलाई शिकारमा मद्दत पनि गर्छ । यो धब्बा विशेषगरी पुतली र किराहरुमा पाइन्छ ।

शिकारीलाई तर्साउनका लागि यो क्याटरपिलरले कहिलेकाँही आफ्नो शरीरलाई सर्पले झैँ हल्लाउने पनि गर्छ । स्मरण रहोस्, यो क्याटरपिलर जसले सर्पको नक्कल गर्छ, वास्तवमा यी अलिकति पनि हानिकारक हुँदैन । यसमा कुनै पनि विष हुँदैन । यो आक्रामक जस्तो देखिन्छ मात्रै  । यो क्याटरपिलर सर्प झैँ बनेर यसलाई ताक्ने पंक्षी र जनावरलाई तर्साएर आफूलाई बचाउने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप