प्रचण्डलाई घनश्यामले फर्काए जवाफ : एमालेमा रोपेको बीऊ अब उम्रिँदैन
बुधबार, १५ असार २०७९, २० : ००
नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने अभिव्यक्ति दिएपछि भुसालले पनि जवाफ फर्काएका हुन् ।
‘आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ, हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ’, बुधबार कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रिँदैन।’
भुसालले रैथाने बीऊलाई हाइब्रिड बनाउनुपर्ने पनि टिप्पणी गरे । उनले हाइब्रिड बीऊबाट एकीकृत कम्युनिष्ट पार्टी बनाउन सकिने धारणा राखे ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
