प्रचण्डलाई घनश्यामले फर्काए जवाफ : एमालेमा रोपेको बीऊ अब उम्रिँदैन
बुधबार, १५ असार २०७९, २० : ००

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने अभिव्यक्ति दिएपछि भुसालले पनि जवाफ फर्काएका हुन् ।
‘आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ, हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ’, बुधबार कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रिँदैन।’
भुसालले रैथाने बीऊलाई हाइब्रिड बनाउनुपर्ने पनि टिप्पणी गरे । उनले हाइब्रिड बीऊबाट एकीकृत कम्युनिष्ट पार्टी बनाउन सकिने धारणा राखे ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती