मन्त्रीहरुलाई माधव नेपालको निर्देशन : पार्टीको इज्जत राखेर काम गर्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिएर पठाएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् । विहान १० बजेतिर नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।
‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला । कतै नराम्रो काम गरेको सुन्न नपरोस्, पार्टीलाई कतै दाग लाग्ने काम नगर्नुहोला’ नेपालको भनाई उदृत गर्दै प्रशिक्षणमा सहभागी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले भने, ‘विवादित काम नगर्नुहोला बदनाम गर्ने काम नगर्नुहोला । हामी नयाँ पार्टी भर्खरै निर्माण गरेका छौ । पार्टीको शीर उचो हुने काम गर्नुहोला ।’
पार्टीका मन्त्रीहरु कतै आर्थिक लेनदेनमा मुछिएको खबर सुन्न नपर्नेगरी जनताको पक्षमा काम गर्न नेपालले निर्देशन दिए । देश र जनताको पक्षमा काम गर्ने मन्त्रीलाई पार्टीले सधै साथ दिने नेपालको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म