बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

विमला वलीको राजीनामाबारे आज प्रदेशसभामा जानकारी गराइने

बुधबार, १५ असार २०७९, १३ : ०६
बुधबार, १५ असार २०७९

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएको सन्दर्भमा आज प्रदेशसभा बैठकलाई जानकारी गराइने भएको छ । उनीमाथि जेठ ३१ गते दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप छ । उनका बारेमा छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाउने समय नजिकिँदै गर्दा उनको राजीनामा आएको हो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले आज बस्ने प्रदेशसभा बैठकमा वलीको राजीनामाबारे सभामुखले जानकारी गराउने बताए । यसैबीच बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक सभामुखको आदेशअनुसार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनमगरका अनुसार दिउँसो १ बजे बैठक बस्ने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप