शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गयो : जागिर छोडेर फरार

बुधबार, १५ असार २०७९, १३ : ०५
बुधबार, १५ असार २०७९

एकजना कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गएपछि कम्पनीले पैसा फिर्ता गरिदिन माग गरेको छ । गत महिनाको तलबमा यत्ति धेरै रकम पाएपछि ती कर्मचारीले जागिरबाट राजीनामा दिएका छन् र पैसा फिर्ता गरिदिने बचन दिएर फरार भएका छन् ।

अडिटी सेन्ट्रलका अनुसार चिलीको एक कम्पनी कन्सर्सियो इन्डष्ट्रियल डे एलिमेन्टोसका ह्युमन रिसोर्स डिपार्टमेन्टका कर्मचारी हाल अत्यधिक तनावमा छन् । दुर्घटनावश, उनीहरुले आफ्ना एक कर्मचारीलाई १६५,३९८,८५१ चिलियन पेसोस (१,८०,००० डलर) अर्थात् लगभग २ करोड २८ लाख रुपैयाँ एक महिनाको तलब स्वरुप पठाएका थिए । ती कर्मचारीको वास्तविक तलब ५००,००० पेसोस (५४२ डलर) अर्थात् लगभग साढे ६८ हजार रुपैयाँ थियो । तर अहिले ती कर्मचारीले तलब दिन मानेका छैनन् । उनले आफ्नो जागिरबाट राजीनामा दिएका छन् र हाल फरार छन् । फलस्वरुप, कम्पनीसँग अन्य कुनै विकल्प बाँकी नरहेपछि कानुनी उपचार थालिएको छ ।

चिलीको पत्रिका डियारियो फाइनेन्सियोरोले गत मे ३० तारिखमा कम्पनीका सहयोगीले मासिक तलबमा भएको गडबडीबारे उपप्रबन्धकलाई जानकारी दिए । कम्पनीको अकाउन्ट हेरेपछि तलबमा करोडौँ रकम बढी खर्च भएको उपप्रबन्धकले पाए ।

यसबारे अनुसन्धान तीब्र पारियो । तत्पश्चात् कम्पनीले खासमा आफ्ना एक कर्मचारीलाई दुर्घटनावश उनको तलबभन्दा २८६ गुणा बढी रकम भुक्तानी गरेको पत्ता लगाए । त्यसपछि ती कर्मचारीलाई बढी रकम कम्पनीलाई फिर्ता दिन आग्रह गरियो । ती कर्मचारीले भोलिपल्ट बिहानै बैंक जाने र पैसा फिर्ता दिने बाचा पनि दिए तर कम्पनीको खातामा उक्त रकम आएन ।

कम्पनीले पुनः ती व्यक्तिलाई सम्पर्क गर्न खोज्दा उनीसँग सुरुमा सम्पर्क हुन सकेन । केही समयपछि ती कर्मचारी सम्पर्क हुन सक्यो र आफू त्यसदिन धेरै सुतेको र तत्काल बैंक गएर पैसा फिर्ता गरिदिने आश्वासन दिए । तर उनले यस्तो भने गरेनन् । जुन २ तारिखमा उनले कम्पनीलाई राजीनामा पत्र बुझाइदिए ।

ती कर्मचारी हाल फरार रहेको बताइन्छ । तसर्थ कम्पनीले उनीविरुद्ध कानुनी उपचार थालेको छ । कम्पनीले ती कर्मचारीबाट कम्तीमा १,८०,००० डलर प्राप्त गर्ने आशा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप