बालुवाटारको आगलागीबाट ४ करोड भन्दा धेरै क्षति भएको आकलन
बुधबार, १५ असार २०७९, १२ : ४५
बालुवाटारस्थित सुनौलो परिवार नेपाल,मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । ८ वटा दमकलको सहायताले करिब साढे २ घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं–४ मा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागीका कारण ४ करोडभन्दा धेरै क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । सो भवनको स्टोर रुमबाट आगो सल्किएको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका, ललितपुर महानगर, प्रहरी र सेनाको दमकल तथा ट्यांकर प्रयोग गरेर आगो निभाएका हुन् ।
आगो निभाउन विभिन्न युनिटबाट १५० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख