शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादको भद्दा मजाक गरिँदैछ नेपालमा

बुधबार, १५ असार २०७९, १२ : १७
बुधबार, १५ असार २०७९

समाजवादको बोक्रा ओढेर हिँडिरहेका थुप्रै व्यक्तिहरूलाई हेक्का नै छैन होला कि नेपालमा समाजवादको कुरा गर्नु भनेको निकै हास्यासपद कुरा हो । किनभने, हामी न त समाजवादतिर जान सकेका छौँ न त पुँजीवादतर्फ नै । हाम्रो मूल नै साम्राज्यवादी भएपछि समाजवादको डोर त कतै अलमलिरहेको अवस्था छ । समाजवादले समाजमा ल्याउनु पर्ने परिवर्तनहरू हामीले पाइरहेका छौँ या छैँनौँ त ? यस प्रश्नले हामीमाझ प्रस्तुत गर्ने उत्तर निकै भयभित तुल्याउने खालको हुनेछ । कारण के हो भने, हामी र हाम्रो समाजमा समाजवादी विचार, चिन्तन र विकासले ल्याउनु पर्ने कुनै पनि किसिमको परिवर्तन नभएपछि समाजवाद आइपुग्यो भन्ने आधार के हो ? आधारहीन रुपमा हाम्रा नेताहरूले पुष्टि गर्न खोजेको समाजवाद भनेको बोलीमा भएको, उनीहरूको भाषणमा भएको तर सामाजिक व्यवहारमा नभएको खोक्रो समाजवाद हो । 

समाजवाद अन्तर्गत देशले पाउनु पर्ने केही आधारभूत विषयहरू मध्येको एक विषय हो, वर्गीय समाजको सुरक्षा । वर्गीय समाजमा भएको असमानता र असमान व्यवहारका कारणले गर्दा हामी समाजवादी चिन्तन र व्यवहारबाट पर भएको भान हुन्छ । वर्गीय समाजमा हुनुपर्ने आपसी समझदारी र मेलमिलापको रेखाभित्र हामी अटाउन सक्छौँ या सक्दैनौँ भन्ने कुराले नै समाजवादको एक विम्वको रुपमा काम गर्छ । र, उक्त संकेतले नै समाजवादको एक अध्याय सफल रह्यो भन्ने ठाउँ पनि बन्न सक्छ । तर, हामी र हाम्रो राजनीतिक व्यवस्थालाई हेर्दा त हाम्रो लाचारी भन्दा केही पनि देखिँदैन । पुँजीपतिहरूको सेवा गर्ने निकाय जस्तो बन्दै गएको राजनीतिबाट समाजवादी विकासको अपेक्षा गर्नु कत्तिको सही हुन्छ ? यो प्रश्नको उत्तर निकै तीतो यथार्थको रुपमा हामीमाझ आइ नै रहेको छ । 

​भोको व्वाँसोजस्तै हो पुँजीवाद पनि । गोरुलाई जति धोए पनि गाई बन्दैन । तर, कमसेकम गोरु सफा र सुकिलो त हुन्छ । त्यसै गरी हामी साम्राज्यवादीका विचार र व्यवस्थालाई अध्ययन मनन गरेर अघि बढ्ने तर गफ चाहिँ समाजवादका गर्ने । नैतिक रुपमा पनि यो कत्तिको सुहायो ?

भ्रमको खेती गर्दै हामीले बनाएको व्यवस्था र राजनीतिक व्यक्तिहरू लोकतन्त्र र समाजवादसँग भद्दा मजाक गरिरहेका छन् र यो नै हाम्रो निम्ति घातक पक्ष पनि सावित हुन सक्छ । लोकतान्त्रिक अभ्यास राम्रोसँग नभएसम्म पनि समाजवादको सपना देख्नु भनेको निकै दर्दनाक कुरा हो । हाम्रो देशमा त अहिले समाजवाद त परको कुरा, लोकतन्त्र नै छ कि छैन भन्ने विषयमा छलफल जरुरी छ । लोकतन्त्रमाथि विश्लेषण नभएसम्म समाजवादको कुरा त घाममा नै सुकाए भयो । हाम्रा नेताहरूले बारम्बार दोहोर्याउने लोकतान्त्रिक अभ्यास भने चुनावमा मात्रै गएर अड्किएको छ । के चुनाव हुँदैमा कुनै देशमा असली लोकतन्त्र छ भन्न सकिन्छ ? पटक्कै सकिँदैन । तसर्थ, पश्चिम बंगाल र नेपाल जस्तो साम्राज्यवादले परिचालित मुलुकहरूले समाजवादको कुरा गर्दा अनौठो लाग्नु पनि अत्यन्तै स्वाभाविक हो । 

​भोको व्वाँसोजस्तै हो पुँजीवाद पनि । गोरुलाई जति धोए पनि गाई बन्दैन । तर, कमसेकम गोरु सफा र सुकिलो त हुन्छ । त्यसै गरी हामी साम्राज्यवादीका विचार र व्यवस्थालाई अध्ययन मनन गरेर अघि बढ्ने तर गफ चाहिँ समाजवादका गर्ने । नैतिक रुपमा पनि यो कत्तिको सुहायो ? हाम्रो देशमा त अब समाजवादको अवधारणा नै खत्तम हुन लागेको हो त ? जस्ता प्रश्नहरू सुरु भएको छ । बाह्य मुलुकको बारम्बारको हस्तक्षेप तर परराष्ट्र नीतिहरूमा देखिएको कमजोर पक्षले पनि हामीलाई विचार विमर्श गर्ने थप अवसर प्रदान गरेको छ । हामी वैदेशिक लगानी देशमा भित्र्याउँछौँ भनेर बीसौं करोड खर्चेर कार्यक्रमको आयोजना चाहिँ गर्छौँ तर त्यसबाट देशले बार्षिक रुपमा कुनै पनि किसिमको आर्थिक लगानी भित्र्याउन नसकेको कुरालाई समीक्षा गर्न भने सक्दैनौँ । यस्तै केही कमजोरीहरूले भविष्य अँध्यारोमा पर्ने लक्षण भने दिन थाल्छ । 

अझ नेकपा एमालेका पूर्वमन्त्री सुरेन्द्र पाण्डेले हालै भन्नुभयो कि, हामीले धन्न एमसीसी लियौँ र श्रीलंका हुनबाट जोगियौँ, हाम्रो वैदेशिक मुद्रा बढ्यो र हाम्रो अवस्था अलिकति भए पनि सुदृढ हुन सक्यो । अमेरिकाले हामीलाई उद्दार नै गर्यो भनेर उहाँको कुुरा सुन्दा निकै अचम्मित हुन पुगेँ ।

शिक्षा प्रणाली भनेको कुनै पनि मुलुकको आधारभूत अंग अन्तर्गत पर्छ र त्यसको सुनिश्चितता नै समाजवादको एक विम्व हुने हुुँदा त्यसले गम्भीर भूमिका निर्वाह गर्छ । तर हाम्रो देशमा शिक्षासँग गरिएको छेड्खानी देख्दा अत्यन्तै दुःख लाग्ने अवस्था सिर्जित भएको छ । हाम्रा कथित समाजवादी नेताहरू त्रिविमा ताल्चा लगाएर प्राइभेट कलेजहरूबाट मात्रै शिक्षा प्रणालीको विकास गर्ने जस्तो आचरण देखाउँछन् । त्रिविजस्तो संस्थाले देश विकासकै हकमा पनि गर्न र पुर्याउन सक्ने बलियो आधारको अर्थ थाहा पाउन त उहाँहरूमा अध्ययनको चेष्टा पनि त हुनुपर्यो । त्यसैले यो अप्रसाँगिक उदारवादले मुलुकलाई समाजवादबाट झन् झन् पर लग्दै गरेको कुरा हाम्रा विद्वान नेताहरूलाई अनुमान भयो । 

अवसरको घिनलाग्दो फोहोर बन्दै गएको यो राजनीतिक अवस्था र व्यवस्थाले जन अवस्था पुरा गर्न नसकेको कुरा सबै मर्मज्ञले स्वीकार्नु पर्छ । हामी समाजवादको कुरा गरेर साम्राज्यवादी अमेरिकालाई आफ्नो मानकका रुपमा हेरिरहेका पनि छौँ । यो बाटो ठिक होइन । बाराक ओबामामा अनुकरणीय समाजवाद खै कहाँ छ ? ओबामालाई मानकको रुपमा हेरिरहेका हामीले यसबारे बुझ्न अत्यन्तै जरुरी छ । आजको देश देशबीच भएको अनेक द्वन्द्वमा ओबामाको साम्राज्यवादी सोँचले जरा गाडेकाले पनि भएको कुरा नकार्न मिल्दैन । यसको गहन समीक्षा पुनः गर्नुपर्ने नै छ । यद्यपि, एउटा विचारको आडमा अर्कै व्यवस्था सिर्जना गरिरहेका हामीले र हाम्रा नेताले अब कस्तो बाटो लिने भन्नेबारे विशेष ध्यान पुर्‍याउन जरुरी छ । 

अझ नेकपा एमालेका पूर्वमन्त्री सुरेन्द्र पाण्डेले हालै भन्नुभयो कि, हामीले धन्न एमसीसी लियौँ र श्रीलंका हुनबाट जोगियौँ, हाम्रो वैदेशिक मुद्रा बढ्यो र हाम्रो अवस्था अलिकति भए पनि सुदृढ हुन सक्यो । अमेरिकाले हामीलाई उद्दार नै गर्यो भनेर उहाँको कुुरा सुन्दा निकै अचम्मित हुन पुगेँ । र, दिक्क पनि लाग्यो । यस्तो गैरवामपन्थी अभिव्यक्ति र अझ बिना विचार अध्ययनको अभिव्यक्ति सुनेपछि उहाँप्रति अलिकति दया पनि लागेर आयो । अमेरिका जस्तो मुलुक जहाँको अर्थतन्त्रको साँचो थोरै केही धनी व्यक्तिहरूको हातमा छ, त्यहाँबाट समाजवादको कुन पाठ सिक्न सकिएला र ? समाजवादको औचित्य बोकेर चीन, भियतनाम जस्ता मुलुकहरू समाजवादी अर्थतन्त्रका रुपमा स्थापित भए । यी दुइ चार वटा समाजवादी अर्थतन्त्र मिसाइयो भने यो विश्वको पहिलो अर्थतन्त्र बन्न सक्ने ल्याकत राख्छ । हामीले योबाट सिक्ने कि आफ्नै खोक्रो सिद्धान्तको बाजा बजाइरहने ? 

रसिया युक्रेनको युद्धमा समेत जोडिने पक्ष हो अमेरिकी आतंक । यसकै प्रभावमा आज विश्वले खेप्नु परेको दुर्दशाबारे हामी जानकार नै छौँ । यो आतंकसँग टाढा रहेर केही समाजवादी अर्थतन्त्र बोकेका मुलुकबाट सिक्नु नै हाम्रो एकल विकल्प हो । तसर्थ सबै राजनीतिज्ञ र बौद्धिक वर्गले के बुझ्न पर्यो भने समाजवादको विकल्प पुँजीवाद होइन तर पुँजीवादको विकल्प समाजवाद जरुर हो । त्यसैले विचार मन्थन गर्ने कि अब ? समग्रमा भन्नुपर्दा हाम्रो देशमा बामले दिएको धोका र गैरसमाजवादी आचरणले गर्दा हामी अझ भड्खालोमा परेका छौँ । अब बेला आएको छ, विचार मन्थन र चिन्तन गरी परिर्वतनको डोर ल्याउन । 

नरबहादुर कर्मचार्यको स्मृति दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यक्त विचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. युवराज सङ्ग्रौला
डा. युवराज सङ्ग्रौला
लेखकबाट थप