बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्षेत्रीय व्यापार तथा कनेक्टिभिटीका लागि विश्व बैंकले १२ करोड ६६ लाख खर्च गर्ने

बुधबार, १५ असार २०७९, ११ : ४०
बुधबार, १५ असार २०७९

नेपाल–बंगलादेश क्षेत्रीय व्यापार तथा कनेक्टिभिटीका लागि विश्व बैंकले १२ करोड ६६ लाख रुपैयाँ अर्थात् एक मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । बैंकले मंगलबार एक कार्यक्रमका बीच दक्षिण एसियामा क्षेत्रीय व्यापार तथा कनेक्टिभिटी कार्यक्रमका लागि भन्दै सो रकम स्वीकृत गरेको हो ।

उक्त रकमले नेपाल र बंगलादेशको क्षेत्रीय व्यापार सुधार गर्न व्यापार र यातायात लागत क्षेत्रीय करिडोरमा ट्रान्जिट समय घटाउन मद्दत गर्ने बताइएको छ । व्यापारिक मार्गको द्रुत यातायातको सुव्यवस्थाका साथै व्यापार कनेक्टिभिटीका लागि आवश्यक भौतिक पूर्वाधार, जल तथा भू–मार्ग, बन्दरगाहको स्तरोन्नति गर्नेछ । 

पहिलो चरणको कार्यक्रमले बंगलादेश र नेपालमा लामो म्यानुअल र कागजमा आधारित व्यापार प्रक्रियाहरूलाई डिजिटलाइज्ड स्वचालित समाधानहरू प्रतिस्थापन गर्न समेत यस कार्यक्रमले मद्दत गर्ने बताइएको छ । स्वचालनले छिटो सीमा पार गर्ने समय सक्षम पार्नेछ र ट्रक प्रवेश र निकासको इलेक्ट्रोनिक ट्रयाकिङ, इलेक्ट्रोनिक लाइनिङ, स्मार्ट पार्किङ, र सीसीटीभी क्यामेराहरू समेत जडान गरिने जनाएको छ ।

 कार्यक्रमले चयन गरिएका सडक करिडोरहरू सुधार गर्न र मुख्य सुख्खा बन्दरगाह र अनुकूलन पूर्वाधारको स्तरोन्नति गर्न, हरित र जलवायु–उत्थानशील पूर्वाधारको निर्माण सुनिश्चित गर्ने समेत बताइएको छ । यसले भूपरिवेष्ठित राष्ट्रहरु भुटान र नेपाललाई प्रवेशद्वार राष्ट्रहरू बंगलादेश र भारतसँग एकीकरण गर्न मद्दत पुग्ने विश्वास विश्व बैंकको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप