बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ

बुधबार, १५ असार २०७९, ११ : ३२
बुधबार, १५ असार २०७९

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ परेका छन ।

प्रहरीका अनुसार बलात्कार आरोपमा पक्राउ पर्नेमा वडा नम्बर १ का वडा अध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाअध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु  भएको छ । 

उनीहरु माथि जबरजस्ती करणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए ।  अध्यक्ष नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप