एमालेमा हामीले बिउ रोपेर आएका छौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् ।
बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा एउटै पार्टी हुँदा एमाले पृष्ठभूमिका कतिपय साथीमा अग्रगमन, जनताको अधिकारको रक्षा लगायतका विषयमा वैचारिक रुपमा सचेत र जागरुक तुल्याएको जिकिर गरे ।
केपी ओली प्रवृत्तिको नेतृत्व नरहेको अवस्थामा एमालेमा रहेका ती कयौं ‘साथी’लाई समाजवादको यात्रातिर लैजान सकिने र उनीहरुसँग सहकार्य हुन सक्ने प्रचण्डको भनाइ थियो ।
उनले माओवादीहरू एक हुनुपर्छ भन्नेमा जनताको तहबाट दबाब आएको पनि चर्चा गरे । उनले भने, ‘जनताको आवाजलाई नसुनेजस्तो गर्नु हुँदैन ।’ बिना आग्रह, बिना पूर्वाग्रह सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भने, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’
माओवादीमात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी बाहिर पनि देशको स्वाधिनताका लागि लड्ने मान्छे छन् ।’ त्यस्ता मान्छे एमालेभित्र पनि रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण